Sajhedari Daily
Latest News from Nepal

निजगढबाट लागुऔषध नाईट्रोभेट सहित दुईजना पक्राउ

Top Aside Banner

नवराज चौलागाईं,/
ईलाका प्रहरी कार्यालय निजगढले लागुऔषध नाईट्रोभेट सहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय सन्दिप मगर र धादिङका करिब १८ वर्षीय सन्दिप तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रवार साझ करिब साढे छ बजे चेकजांचको क्रममा दुई युवक सहित ३ सय ७५ पिस लागु औषध नाईट्रोभेट बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

रौतहटको चपुरबाट बाराको पथलैयातर्फ जादै गरेको बा ७३ प १९ नम्बरको मोटरसाइकल चेकजांच गर्ने क्रममा सो परिमाणको लागु औषध नाईट्रोभेट बरामद भएको प्रहरी निरीक्षक थपलियाले बताएका छन ।

पक्राउ परेकाहरुलाई अनुसन्धानको लागी जिल्ला अदालतबाट शुक्रबार १५ दिनको म्याद थप गरिएको निजगढ प्रहरीले जनाएको छ । यसैक्रममा प्रहरीले पक्राउ परेकाहरुसंगको संलग्नताको आशंकामा निजगढका एकजना सहित थप दुईजनालाई नियन्त्रणमा लिएकोछ ।

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १ भरतगंज सिंगौलका २२ वर्षीय सैलेस केसी र रौतहटको गुजरामाई नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय अविनाश ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोछ । प्रहरीले केसी र ठाकुरलाई शुक्रबार बेलुका नियन्त्रणमा लिएकोह जनाएको छ ।