जीतपुर : बाराको सिमरामा रहेको एभर ग्रीन तराई सिमरा हस्पिटलले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न गरेको छ ।
गणतन्त्र दिवसको अवसर पारेर बिहीबार हस्पिटलले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोे हो । बारा क्षेत्र नम्बर ४ क का प्रदेश सांसद देवनारायण चौधरीले स्वास्थ्य परिक्षण गराएर शिविरको उद्घाटन गर्नुभएको थियो ।
शिविरमा मधुमेह (डायबेटिज),रक्तचाप (ब्लड प्रेसर),स्त्री तथा प्रसूति रोग,हाडजोर्नी,जनरल सर्जरी र बाल रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको थियो।
शिविरमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्य परीक्षण सेवा दिइएको थियो । जसमा १६४ जना पुरुष र ६३ जना महिला गरी जम्मा २२७ जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालका प्रतिनिधि रञ्जन साहले बताएका छन ।
शिविरमा सेवा लिन आएका सहभागीहरुले विशेषज्ञ सहितको स्वास्थ्य सेवा निःशुल्क पाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। ।


