यातायात व्यवस्था कार्यालय कलैया बाराद्वारा कारवाही गर्न माग,खण्डन गर्न आग्रह

साझेदारी दैनिक
1.2k पाठक संख्या

कलैया ।यातायात व्यवस्था कार्यालय बारा कलैयाले पर्दाफास अनलाइनमा गलत समाचार आएको जनाउँदै सो मा कारवाही गर्न माग गरेको छ। कार्यालयले आइतबार प्रेस काउन्सिल नेपाल,तिलगंगामा निवेदन दिदै यस्तो माग गरेको हो ।

पर्दाफास मिडिया प्रा.लि. विरगंज म.न.पा वडा नं ११, पर्साद्वारा प्रकाशित पर्दाफास मिडिया प्रा लिबाट “यातायात व्यवस्था कार्यालय कलैयामा घुसको रकम फलाफाल अख्तियार दुरुपयोग मौन“ भन्ने शिर्षकमा समाचार प्रकाशित भएकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

कुनै पनि अनुपस्थित परीक्षार्थीको सट्टा गैरकानूनी रुपले ट्रायल नगराईरहेको,कसैको पनि कुनै किसिमको ड्रेस र हेलमेट चेन्ज नगाराईएको,कुनै पनि अनुतिर्ण परीक्षार्थीलाई उर्तीण नगराईएको,कुनै पनि कर्मचारी घुस र लेनदेन कार्यमा संलग्न नभएको पत्रीकामा प्रकाशित भएझै सिकीन्दर दास यस कार्यालयको कर्मचारी नभएको र कार्यालय प्रमुख संग कुनै नाता सम्बन्ध नभएको परीप्रेक्ष्यमा मधेश प्रदेशको प्रमुख राजश्वको उठती अड्डा भएको स्मरण निवेदनमा गराइएको छ।

राजश्व उठ्तीमा प्रत्यक्ष असर पर्ने गरी प्रचलित ऐन कानून बमोजिम सेवा प्रवाह गरिरहेको कार्यालयको कार्यालय प्रमुख सहित अन्य कर्मचारी तथा ट्राफीक प्रहरी प्रमुख समेतलाई बदनाम हुनेगरी आधारहिन,तथ्यहिन,कपोकल्पित,भ्रमक संदेश पूर्ण समाचार प्रकाशित गरी कार्यालयलाई बदनाम तथा कर्मचारीहरुको चरित्र हत्या समेत हुने गरी प्रकाशित गरेको जनाइएको छ।

पत्रकार आचारसंहिता विपरीत एक्लौटी ढंगले कार्यालयको राय प्रतिक्रिया समेत नबुझी चरित्र हत्या गर्ने किसिमको भएको हुँदा त्यस्तो भ्रामक समाचार प्रकाशित गर्ने सो अनलाइन बन्द गरी सो कार्यमा संलग्न उक्त अनलाइनका सञ्चालक राघव साह तथा संवाददाता जितिन्द्र प्रसादलाई ताहाँबाट हुन सक्ने हदै सम्मको कारवाही गरिदिन माग गरिएको छ।

सो निवेदनको बोधार्थ जिल्ला प्रशासन कार्यालय,बारा कलैया,नेपाल पत्रकार महासंघ,मधेश प्रदेश,नेपाल पत्रकार महासंघ,शाखा कार्यलय बारा र पर्सामा दिइएको छ।

यसैगरी यातायात व्यवस्था कार्यालय बारा कलैयाले पर्दाफास मिडिया प्रालिका सञ्चालक राघव साहलाई समाचार खण्डन गर्न आग्रह गरेको छ।

सो सम्बन्धमा दिइएको निवेदनको बोधार्थ,जिल्ला प्रशासन कार्यालय, बारा कलैया,नेपाल पत्रकार महासंघ,मधेश प्रदेश,नेपाल पत्रकार महासंघ,शाखा कार्यलय बारा र पर्सामा दिइएको छ।

Leave a review