सुशील चौगाई अन्तर निजि बिधालय स्तरिय क्रीकेट टुर्नामेन्टको उपाधी बाल एकतालाई

साझेदारी दैनिक
486 पाठक संख्या

कलैया । बाराको सदरमुकाम कलैयास्थित सिद्धेश्वर खेल मैदानमा जारी सुशील चौगाई अन्तर निजि विद्यालय स्तरीय क्रिकेट टुर्नामेन्ट २०८२ सिजन १ को उपाधीमाथि बाल एकताले कव्जा जमाएको छ।

उसले ब्राइट ल्याण्डलाई ५४ रन अन्तरले पराजित गर्दै उपाधिमाथि सोमबार कव्जा जमाएको हो। जेष्ठ १७ गते देखि शुरु प्रतियोगितामा जिल्लाका १२ निजि विद्यालयहरुको सहभागिता रहेको थियो ।

फाईनल खेलमा बाल एकताले टस जितेर पहिले ब्याटिङ्ग गर्दै नौ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। जवाफी ब्याटिङ्गमा ओर्लेको ब्राईट ल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै ११८ रन बनाउन सक्यो ।

फाईनल खेलको म्यान अफ द म्याच बाल एकताका शेख आशिफलाई नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य साजिर मन्सूरले ट्रफी हस्तान्तरण गरे।बेस्ट ब्याट्स् म्यान बाल एकताका शिवम यादवलाई कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मन्सूरले ट्रफी दिए ।

बेस्ट बलर ग्याएक्सीका शैलेश यादवलाई चौगाई परिवारका सदस्य सौरभ चौगाई र खोखो प्रशिक्षक क्यामुदिन मन्सूरले संयुक्त रुपमा पुरस्कार दिए ।

म्यान अफ द सिरिज बाल एकताका कप्तान मणिभुषण यादवलाई मधेस प्रदेश क्रीकेट संघका कोषाध्यक्ष सुबाष जयसवालले ट्रफी हस्तान्तरण गरेका थिए।

प्रतियोगितामा दोश्रो हुने ब्राईट ल्याण्डलाई प्रभात चौरसिया र सुमोध सरार्फले मेडल प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए ।

बिजेता बाल एकताका खेलाडीलाई प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले मेडल,प्रमाणपत्र तथा ट्रफी बितरण गरेका थिए ।

बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

ब्राईट ल्यान्डका सन्चालक मनोज यादवले आयोजक माथी काखापाखा गरेको आरोप लगाएका छन्। यादवले आयोजकका तर्फबाट खेल जारी रहेकै बेला कमेन्टेटरले बारम्बार खेल बाल एकताले जितिसक्यो भनेर हाम्रा खेलाडी माथी मनोबैज्ञानिक हिसाबले प्रेसर दिलाउन लगाएको बताएका छन् ।

आयोजकले पहिला देखि अनुशासन तोड्ने बिधालयलाई प्रतियोगिता बाट बाहिर निकाल्ने नियम बनाएपनी बारम्बार बाल एकताका बिद्यार्थीले नियम तोड्दा कार्वाही नभएकोमा उनले आपत्ति जनाएका छन्। उनले १९.३ ओभर को खेलमै आपती जनाउदै आफुहरु बहिस्कार गरि निस्केको बताए ।

आयोजकका तर्फबाट अनिल चौगाईले खेलका बेला कोई बिद्यार्थी नभएको र दर्शकले हुटिङ्ग गरेको बिषयमा ब्राईटल्याण्डले आपत्ति जनाउनु गलत भएको बताए । हार निश्चित भएपछि बहाना बनाएर आयोजकलाई दोष लगाउनु गलत भएको बताए। असल र निष्पक्ष खेल सम्पन्न गराउन लागेको उनले बताए।

Leave a review