कोल्हवी :धीरेन्द्र पनुहर/ बाराको करैयामाई ७ उमजनमा जारी दोस्रो करैयामाई गोल्डकप २०८२ अन्तर्गत बुधबार ए पि एफ बर्दिबास र नव जन प्रगति युवा क्लब उमजनको विरुद्ध भएको खेलामा ए पि एफ बर्दिबास ० को बिरुद्ध १ गोलले गर्दै फाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफको २३मिनेटमा बर्दिबासका जर्सी न ७ का रोमन रसाइली एक गोल गरि आफ्नो टिमलाइ बिजयी गराउन सफल हुनु भएको थियो । वहाको गोल नै निर्णाय गोल साबित भएको थियो ।
जित सङै एपिएफ बर्दिवास आफ्नो फाइनल खेलको यात्रा तय गरेको छ । प्रतियोगीता अन्तर्गत बिहीवार एनजेजेवाइसि सिमरा र बारा ११ बाराको विरुद्ध दोस्रो सेमिफाइनल खेल हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जानकारी दिए ।

