कोल्हवी :धीरेन्द्र पनुहर/ बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ उमजनमा जारी दोस्रो करैयामाई गोल्डकप २०८२ अन्तर्गत बिहिवार बारा ११ र एन.जे .जे वाई सी सिमराको विरुद्ध खेल भएको थियोे ।
निर्धारित समयमा दुबै टिमले गोल गर्न नसक्दा खेल ट्राब्रेकरमा धकेलिएको थियो । ट्राब्रेकरमा सुट आउट गर्दा एन जे जे वाई सी सिमरा ३ को विरुद्ध ४ गोलले बिजयी भएको छ ।
जित सङै एन जे जे वाई सी सिमरा आफ्नो फाइनल खेलको यात्रा तय गरेको छ । प्रतियोगीता अन्तर्गत शनिबार एन जे जे वाइ सि सिमरा र ए पि फ बर्दिवासको विरुद्ध फाइनल खेल हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जानकारी दिनु ।
खेलको म्यान अफ द म्याच सिमराका गोल रक्षक युनेश चौधरी घोषित हुनुभएको थियो । उनलाई जनता माध्यमिक बिधालय उमजनका सहायक प्रधानाध्यापक दिनदयाल प्रसाद चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो ।
गोल्डकपको मुख्य प्रायोजक करैयामाई गाउँपालिका रहेको छ ।प्रतियोगिताको बिजेता टिमले नगद रु. ६० हजार र उप विजेता टिमले रु. ३० हजार शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

