म्यादपछि शिलान्यास : सांसद ज्वाला साहको ‘शिलान्यास मोह’माथि सामाजिक सञ्जालमा व्यंग्य

साझेदारी दैनिक
654 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको कालोपत्रे सडकको निर्माण कार्य सम्पन्न भइसकेपछि बारा क्षेत्र नम्बर ३ का संघीय सांसद ज्वाला साहले सो सडकको शिलान्यास गरेको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

सांसद साहले शिलान्यास गरेको सडक संघीय सरकारबाट प्राप्त ५० लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको हो।

सो योजनाको ठेक्का ए.वि.सी. कन्सट्रक्सन एण्ड बिल्डर्स प्रा.लि.ले २८ लाख इक्काइस हजार चार सय छ रुपैयाँमा पाएको थियो। उपमहानगरपालिकासँग २०८२ बैशाख १२ गते सम्झौता गरिएको र ठेक्का सम्झौता अनुसार काम सम्पन्न गर्ने अन्तिम म्याद २०८२ जेठ २८ गतेसम्म तोकिएको थियो।

तर म्याद सकिएको तीन दिनपछि—जेठ ३१ गते शनिबार सांसद साहले औपचारिक कार्यक्रमसहित शिलान्यास गरेका हुन्। योजना बोर्डमा स्पष्ट रूपमा “काम सम्पन्न मिति : २०८२ जेठ २८” उल्लेख भएको पाइए पनि काम सम्पन्न भइसकेको छ।

Leave a review