काठमाण्डौं : विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले राइड्स फर गोल्स क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ। उसले काठमाण्डौंमा यो क्याम्पेन सम्पन्न गरेको हो।
पब्लिक विद्यालयका खेलमैदानहरूको पुननिर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीरूलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पु¥याउनु क्याम्पेनको मुख्य उद्देश्य हो।
यस क्याम्पेन मार्फत विद्यालयका खेल मैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको छ। जसले विद्यार्थीहरूलाई खेलकुदप्रति रुचि बढाउने छ। टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। अंग्रेजी ‘मे‘ महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट,प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम,चयन गरिएका पब्लिक प्राइमेरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको छ।
यस अभियानले विद्यार्थीहरूको समग्र विकासमा योगदान पु¥याउने छ। क्याम्पेन अन्तर्गत विद्यालयका खेलमैदानहरूको पूर्वाधार मर्मत तथा सम्वर्धन गरिएको छ। जसले गर्दा बालबालिकाहरूका लागि सुरक्षित,सफा र रमाइलो खेल तथा मनोरञ्जनको वातावरण निर्माण भएको छ। बालबालिकाहरूलाई सानै उमेरदेखि खेलकुदमा संलग्न गराउने र शारीरिक गतिविधिप्रति रुचि बढाउने हेतुले बास्केटबल,फुटसल,ब्याडमिन्टन र्याकेट लगायतका स्पोट्र्स किटहरू समेत वितरण गरिएको छ।
“इनड्राइभमा हामी दृढ विश्वास गर्छौं कि मोबिलिटी केवल यात्राको सुविधा मात्र होइन, समुदाय सशक्तिकरण र समावेशी विकासतर्फको मार्ग पनि हो,”इनड्राइभ एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनेकी छन्, ‘राइड्स फर गोल्स’ अभियानले विद्यालयका बालबालिकालाई स्वस्थ र सकारात्मक वातावरणमा खेल्न सहयोग गरेर उनीहरूको सम्पूर्ण विकासलाई प्रत्यक्ष समर्थन गर्ने उनले विश्वास व्यक्त गरिन्। टिमवर्क,आत्मविश्वास र नेतृत्व जस्ता सीपहरू विकास गर्न सक्ने ठाउँ निर्माणमा योगदान गर्न पाउनुमा अत्यन्त गर्व छ उनले भनिन्।”
इनड्राइभ एशिया प्यासिफिक क्षेत्रका रिजनल डाइरेक्टर मार्क टोलीले पनि यस अभियानप्रति आफ्नो उत्साह व्यक्त गरे। “राइड्स फर गोल्स’ एउटा प्रेरणादायी उदाहरण हो—जहाँ राइड गर्ने जस्तो दैनिक साधारण क्रियाकलाप—समाजमा सार्थक परिवर्तन ल्याउने शक्तिशाली माध्यम बन्न सक्छ,उनले भने। हामी सधैं यस्तो परियोजनामा संलग्न रहन्छौं, जसले दीगो मूल्य सिर्जना गर्छ र सामुदायिक स्तरमा सकारात्मक प्रभाव पार्छ । यो पहल खेलको माध्यमबाट प्रत्येक बालबालिकालाई अवसर,रमाइलो र विकासको पहुँच सुनिश्चित गर्ने दिशातर्फको एक महत्वपूर्ण कदम हो ।”
‘राइड्स फर गोल्स’ इनड्राइभकोे उद्देश्यसँग गहिरोसँग जोडिएको छ। जसले सामाजिक समानता प्रवद्र्धन गर्ने र सेवायुक्त तथा विकासशील क्षेत्रहरूमा सकारात्मक योगदान दिने लक्ष्य राखेको छ। यसका क्याम्पेन मार्फत इनड्राइभले स्कूल बालबालिकाको भौतिक तथा मानसिक विकासमा जोड दिएको छ र समुदायको भविष्य निर्माणमा पनि आफ्नो सक्रिय भूमिका पुष्टि गरेको क्याम्पेनका सहभागिले जनाएका छन्।

