बयालीस लाख भन्दा बढी सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
597 पाठक संख्या

कलैया । बयालीस लाख भन्दा बढीको सामान सहित एक ट्रकलाई सर्लाही प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।

सर्लाहीको बागमती नगरपालिका – १२ स्थित चेकपोष्टमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षकसुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले ट्रकलाई नियन्त्रणमा लिएको हो।

वीरगंजबाट ईटहरी तर्फ जादै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक (डब्बा) गाडी लाई रोकी जाँच गर्दा उक्त ट्रक(डब्बा) गाडीमा लोड रहेको टायर,आँपमा छर्ने दवाई,मोबिल,खाने तेल,लेगुलेटर,मोटर पार्टस,छाता,घिउ,किसमिस,ईलेक्ट्रोनिक,कस्मेटिकहरु लगायतका खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

बिल–बिजक शंकास्पद देखिएकोले ४२ लाख ४० हजार तीनसय सत्तचालीस रुपैयाँ बराबरको सामानहरु ट्रक सहित नियन्त्रणमा लिईएको छ। उक्त स्थान इलाका प्रहरी कार्यालय कर्मैयाबाट अं.५० मिटर दक्षिण तर्फ रहेको ईप्रका कर्मैयाले जनाएको छ।

Leave a review