बाल विवाह सम्बन्धी कसूरमा एक जना महिला पक्राउ

साझेदारी दैनिक
475 पाठक संख्या

कलैया : बाल विवाह गराएको आरोपमा पर्सा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।

प्रहरीले नामथर वतन परिवर्तित ३४ जिल्ला २०८१/०८२ शिबर्वा (क/३) ले आफ्नै छोरीको बाल विवाह गराएको कसूरमा नियन्त्रणमा लिएको हो।

प्रहरीले नामथर वतन परिवर्तित ३४ जिल्ला २०८१/०८२ शिबर्वा (क) लाई रू.चार लाख असी हजार नगद लिइ विभिन्न प्रलोभन देखाइ उमेर नपुगी नामथर वतन परिवर्तित ३४ जिल्ला २०८१/०८२ शिबर्वा (क) भन्दा तीन गुणा बढी उमेर तथा अन्तरजातीय विवाह गराइएको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय पर्सामा परेको थियो।

प्रहरीले सो कार्यमा सलंग्न नामथर वतन परिवर्तित ३४ जिल्ला २०८१/०८२ शिबर्वा (क/३) लाई नियन्त्रणमा लिइएको हो। निज विरुद्ध बाल विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन–५ म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review

This will close in 0 seconds