दिन दुखी असहायको सेवा गर्न आवश्यक –अधिवक्ता उपाध्याय

साझेदारी दैनिक
314 पाठक संख्या

वीरगञ्ज : दिन दुखी असहायको सेवा गर्न आवश्यक रहेको अधिवक्ता प्रकाश उपाध्यायले आग्रह गरेका छन्। कुम्हालटोल टोल सुधार समिति वीरगञ्ज ७ ले १२ औ मासिक निशुल्क भोजन कार्यक्रममा सेवा गर्दै उपाध्यायले त्यसको लागि सम्पूर्णलाई हातेमालो गर्न आग्रह गरेका हुन्।

दिन दुखी असहायको सेवा सहयोग नै सबै भन्दा ठूलो धर्म भएको उनले जनाए। कुम्हालटोल टोल सुधार समाज परिवारले विगत १ वर्ष देखि घर जस्तो सफा स्वच्छ,पोषिलो, गुणस्तरीय भोजन खुवाएर सेवा गर्दै आएको छ। भोजमा खुवाएको जस्तो बसाएर सोधी सोधी थपेर भोजन खुवाएर सेवा गर्दा निकै खुशी लागेको उनले बताए। सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार हुने गरेको छ।

कुम्हालटोल टोल सुधार समितिका अध्यक्ष नन्दलाल अहिरले जानकारी दिदै यो निशुल्क भोजन शिविर कार्यक्रम समाजका पदाधिकारी एवम् दाताहरुको सहयोगले चलिरहेको जनाए। प्रत्येक महिनाको पहिलो शनिबार मात्र नभएर प्रत्येक १५ दिनमा र तत्पश्चात प्रत्येक शनिबार आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयार रहेको उनले जनाए।

सेवामा सहभागी युवा समाजसेवी भट्टराईले यस्ता सुकार्यले दिन दुखी असहायहरु लाई जीवनयापन गर्न सहज हुने विश्वास व्यक्त गरे। कुम्हालटोल टोल सुधार समाज वीरगन्ज ७ द्वारा रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर ( सामुदायिक प्रहरी कुम्हालटोल ) अगाडी प्रत्येक महिनाको पहिलो शनिबारको दिन निशुल्क भोजन शिविर कार्यक्रम अन्तर्गत लगातार १२ औं निशुल्क भोजन शिविर सम्पन्न गरेको हो।

बाटोमा हिडने पर्यटक,बटुवा,रिक्सा,ठेला ,इरिक्सा चालक, गरिब असहायहरुलाई दाल भात,परवल आलु चनाको तरकारी र भुटेको हरियो खुर्सानीको अचारहरु निशुल्क भोजन गराइएको हो। कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष अहिरको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , कंचनजंघा स्कुलका निर्देशक समाजसेवी मार्टिन मोक्तान ,समाजसेवी मदन यादव, अमरटोल टोल सुधार समिति वीरगन्जका सचिव युवा समाजसेवी नवराज भट्टराई लगायत समाजका सचिव हेमन्त शाक्य,कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता,सल्लाहकारहरु सामुदायिक प्रहरी कुम्हालटोलका सचिव समाजसेवी श्रवणबहादुर रायमाझी ,समाजसेवी गोबिन्द ताम्राकार लगायत स्थानिय अग्रज ,युवाहरुले सो सेवामा उपस्थित रहेका थिए।

Leave a review

This will close in 0 seconds