सिमरा खानेपानी समितिद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

रञ्जन यादव
331 पाठक संख्या

जीतपुर : बाराको सिमरामा रहेको सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताका सन्तानका लागि छात्रवृत्ति दिने भएको छ ।

उपभोक्त समितिको कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताका सन्तानका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ ।

खानेपानी कार्यालयले दुई वर्षअघि सिमरा कलेजसँग सम्झौता गरी प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको थियो। सम्झौता अनुसार विगत दुई वर्षमा पाँच–पाँच जना विद्यार्थीलाई छात्रवृत्तिका लागि सिफारिस गरिसकिएको छ ।

यसै सम्झौताकै निरन्तरतास्वरूप समितिले २०८२ साउन २ गते शुक्रबारदेखि लागू हुने गरी १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ। समितिले प्राप्त आवेदनहरूमध्येबाट कर्मचारीका परिवारका दुई जना र उपभोक्ताका परिवारका तीन जना गरी पाँच जनाको नाम सिफारिस गर्नेछ ।

छात्रवृत्तिका लागि आवेदन दिने इच्छुक विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा सिमरा कलेजको सिफारिस पत्रसहित निवेदन पेश गर्नुपर्नेछ।

स्नातक तहका लागि एसईई र कक्षा १२ उत्तीर्ण प्रमाणपत्र आवश्यक हुने छ । भने स्नातकोत्तर तहका लागि स्नातक उत्तीर्ण प्रमाणपत्र अनिवार्य हुनेछ । समितिका अध्यक्ष कासिम हुसेनद्वारा जारी सूचनामा उल्लेख भएअनुसार निर्धारित म्यादभित्र सम्पूर्ण कागजातसहित आवेदन दिन अनुरोध गरिएको छ।

Leave a review

This will close in 0 seconds