पर्सामा लागु औषध गाँजासहित एक जना पक्राउ

साझेदारी दैनिक
289 पाठक संख्या

पर्सा । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोला चोकबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले सूचना परिचालन तथा नियमित चेकजाँचको क्रममा बालुवाबाट देउरवानातर्फ जाँदै गरेको बीआर ०५ एजे ६८०५ नम्बरको भारतीय मोटरसाइकललाई शुक्रबार उक्त मोटरसाइकल चालकले सिटमुनी र शरीरमा बाँधेको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ एकटांगा निवासी ३४ वर्षीय जगमोहन यादव रहेका छन्। पक्राउ परेका यादवको साथबाट ८ किलो ४४० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त गाँजा र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

Leave a review

This will close in 0 seconds