मोटरसाइकलले साइकललाई ठक्कर दिदा तीन घाइते,एक गम्भीर

साझेदारी दैनिक
780 पाठक संख्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका १७ रामनगर स्थित भित्री सडकमा सोमबार सवारी दुर्घटना हुदा तीन जना घाइते भएका छन्।

जैतापुर चौकीका प्रहरी सहायक निरीक्षक निल प्रसाद मैनालीका अनुसार मोटरसाइकलले साइकललाई ठक्कर दिदा उनीहरु घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक बाराको सिम्रौनगढ वडा नं.१ खजानीका ३० वर्षीय नितेश जैसवाल रहेका छन्। उनको आखाँ र निधारमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। अस्पतालमा रहेको प्रहरीको निगरानीमा रहेका प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार बाराको कोल्हवी नगरपालिका वडा नखुलेको १७ वर्षीया रानी चौधरी घाइते भएकी छन्। उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

साईकल यात्रि जितपुर सिमरा उपमहानगरपालिका १७ रामनगर बस्ने ५५वर्षीय कृष्णाबहादुर राउत घाइते भएका छन्। उनको टाउँको र छातिमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। घाइतेहरुको न्युरो अस्पताल परवानिपुर बारामा उपचार भईरहेको छ।

रामनगरबाट सहजनाथ मन्दिर तर्फ जादै गरेको बिआर–०६ सिसि ९९४५ नम्बर को मोटरसाइकलले विपरित दिशा बाट आउदैँ गरेको साईकललाई ठक्कर दिदा सो दुर्घटना भएको हो। मोटरसाइकल र साईकल प्रहरी चौकी जैतापुर बाराको नियन्त्रणमा रहेको छ।

Leave a review

This will close in 0 seconds