बिपद तथा राहत उद्धारमा सशस्त्र प्रहरी सकृय

साझेदारी दैनिक
238 पाठक संख्या

रौतहट ।रौतहट स्थित बिपद तथा राहत उद्धार कार्यमा सशस्त्र प्रहरी सकृयता बढेको छ । सशस्त्र प्रहरी रौतहटले विपद् उद्धार कार्यप्रगति प्रतिवेदन सावर्जनिक गरेको छ।

सशस्त्रले रौतहटकम गत आर्थिक वर्षदेखि हालसम्म सवारी दुर्घटना उद्धार ६२ वटा, आगलागी नियन्त्रण ४० वटा, नदी तथा खोलामा नुहाउने क्रममा भएका ८ वटा शव खोज कार्य जस्ता उद्धार गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटको प्रमुखको रुपमा एसपी सन्तोष कुमार बस्नेतको अनुसार विपद् खोज उद्धार कार्यमा छ सय ८० जना सशस्त्र प्रहरी परिचालित भएको जनाएका छन ।

रौतहटम शसस्त्र प्रहरीले ती घटनाहरूमा ६ जना मृतकको शव निकालिएको छ भने एकको जीवित उद्धार एस्पी बस्नेतले बताए । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर हालसम्म तीन भारतीय नागरिकको ज्यान गएको छ भने एक महिलाको जीवित उद्धार गरिएको जनाईएको छ ।

Leave a review