सर्वोच्च अदालतले जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध परमादेश जारी गरेको बिरोधमा कलैयामा प्रदर्शन

राजेश कुशवाहा
394 पाठक संख्या

कलैया : सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर हत्याकाण्ड विवादमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको बिरोधमा बाराको कलैयामा मंगलबार जसपाका नेता तथा बिरोध जुलुश प्रदर्शन गरेका छन ।

कलैयास्थित जसपाको पार्टी कार्यालय बाट शुरु भएको बिरोध जुलुशले बिरोध जुलुशले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।प्रदर्शनकारीहरुले राजनितीक मुद्दा खारेज गर, नशलिय सरकार मुर्दाबाद ,भुमी अध्यादेश खारेज गर ,उपेन्द्र यादव जिन्दाबाद लगायतका नारा लगाउदै कलैया नगर परिक्रमा गरेका हुन।

प्रदर्शन पश्चात बिरोध जुलुश कलैया स्थित भरत चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । जसपाका जिल्ला अध्यक्ष रमेश यादवको अध्यक्षतामा भएको उक्त कोणसभामा जसपाका केन्द्रिय सदस्य प्रकाश चौगाई, मधेश प्रदेश उपाध्यक्ष शुशिल यादव, रंजित चौरसिया, धर्मबिर यादव, अवधभुषण यादव, प्रमिला गिरी, कमलेश मण्डल, दिपेन्द्र गौरव लगायतकाले अध्यक्ष यादवलाई बिना शर्त रिहा गर्न माग गरे । कोणसभामा सञ्चालन शम्भु गुप्ताको रहेको जसपाका अंगद सहनीले जानकारी दिए ।

२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै चौरमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो। उक्त झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। भने सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए। माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पूर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोगले घटनाको छानबिनपछि ठहर गरेको थियो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौरहत्या काण्ड विवादमा यादवमाथि अनुसन्धान अघि बढाउन भनेको हो।हत्याकाण्ड भएको वर्षौं बितिसक्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेका भन्दै सर्वोच्च अदालतमा २०८० साल जेठ २१ गते रिट दायर भएको थियो। सोही मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले १९ वर्षपछि यादवमाथि अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहट गौर र जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरसमेतलाई विपक्षी बनाइ पीडित परिवारका तर्फबाट त्रिभुवन साहले मुद्दा दर्ता गराएका थिए। २०६३ चैत ७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो। त्यतिबेला यादव मधेशी जनाधिकार फोरमका अध्यक्ष थिए।

Leave a review

This will close in 0 seconds