कलैया : काठमाण्डौ चाबहिल सिटी लायन्स तथा लियो क्लब ,ग्यालेक्सी पब्लिक स्कुल र ग्यालेक्सी बिजनेश क्लेज कलैयाको संयुक्त आयोजनामा ग्यालेक्सी पब्लिक स्कुल कलैयामा आईतबार निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
किरण आँखा अस्पतालको प्राबिधिक सहयोगमा उक्त आँखा परीक्षण कार्यक्रममा स्कुलमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ६५० जना बिधार्थीहरुले आँखा जाँच गराएका थिए।
जसमा ६४ जना बिधार्थीमा आँखा सम्बन्धी समस्या देखिएको स्कुलका संजय केशरीले जानकारी दिएका छन्।

