कोल्हवी :बिनिता चौधरी / नगर खेलकुद विकास समिति कोल्हवी बाराको आयोजनामा आइतबार एक विशेष खेलकुद विकास अन्तरक्रिया कार्यक्रम बाराको कोल्हवीमा सम्पन्न भएको छ। खेल क्षेत्रको समग्र उन्नति, खेलाडीको क्षमता अभिवृद्धि तथा आधारभूत पूर्वाधार निर्माणका विषयमा सो कार्यक्रममा छलफल गरिएको थियो।
कार्यक्रममा नगर क्षेत्रका जनप्रतिनिधि, विभिन्न खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले खेलकुदलाई नगरको शिक्षा, स्वास्थ्य र सामाजिक विकाससँग जोड्दै दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका थिए।
सो अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले स्थानीय स्तरमै प्रतिभा पहिचान गरी आवश्यक तालिम, खेल मैदानको विस्तार, खेल सामग्री उपलब्ध गराउने तथा प्रतियोगितामार्फत खेलाडीलाई प्रोत्साहन गर्ने विषयमा सुझाव प्रस्तुत गरेका थिए । खेललाई केवल मनोरञ्जन नभई युवा सशक्तीकरण, आपसी एकता र सामाजिक सद्भावको माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखिएको थियो।
कार्यक्रममा था.क.स.रामप्रसाद चौधरी ,चन्देव कुशवाहा,राजहरण चौधरी ,किसुनदयाल चौधरी ,रामपृत चौधरी लगायतको शुभकामना मन्तव्य व्यक्त गरे। रामकुमार उप्रेतीले संचालन गरेको कार्यक्रममा स्वागत संजय चौधरीको थियो।
कार्यक्रमको अध्यक्षता नगर खेलकुद विकास समिति कोल्हवी बाराका अध्यक्ष शिव चौधरीको थियो। प्रमुख अतिथिका रूपमा कोल्हवी नगरपालिकाकि उपप्रमुख लक्ष्मी कुमारी चौधरी रहेकी थिइन्। कार्यक्रममा कोल्हवी नगरपालिका वडा न १ का वडा अध्यक्ष राजहरण चौधरी, वडा न ३का वडा अध्यक्ष किसुनदयाल चौधरी, वडा ९का वडा सदस्य भुपेन्द्र चौधरी, वडा न१० का वडा सदस्य कृष्णबाबू चौधरी, इलाका प्रशासन कार्यालयका प्रमुख रन्जित चौधरी ,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक प्रमुख रन्जन मिश्र , शस्त्र प्रहरी कार्यालयका प्रमुख सुनिल श्रीवातव ,स्वास्थ शाखा प्रमुख मनोज चौधरीको सहभागिता रहेको हो।
जनशक्ति क्लबका पुर्व अध्यक्ष तथा पूर्व खेलाडी पारसनाथ चौधरी ,श्री जनता मा.बि.कोल्हवी ६ ककडी प्रसौनाका प्रधानाध्यापक चन्देश्वर कुशवाहा ,पुर्व नेपाल पुलिस क्लबका राष्ट्रिय तथा अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी एवम् प्रशिक्षक रामपृत चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा प्रस्तुत सुझावहरूलाई आगामी कार्ययोजना तथा नीति निर्माणमा समावेश गर्ने आयोजक समितिले प्रतिबद्धता गरेको छ।

