कलैया । बारामा ५० जना भन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
बाराको सुवर्ण गाउँपालिका–८ स्थित भिस्वा चौकमा शुक्रबार आयोजित सदस्यता अभियान तथा भेटघाट कार्यक्रमका क्रममा अनिल साहको नेतृत्वमा ५० जना भन्दा बढी स्थानीय युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका हुन् ।
जिल्ला सभापति चन्दन कुमार स्वर्णकार र प्रदेश सदस्य भुलेन्द्र प्रसाद कुशवाहाको नेतृत्वमा सो कार्यक्रम भएको हो।
भेटघाट तथा सदस्यता अभियान लिएर सिमावर्ती क्षेत्रमा कार्यक्रम राखेकोमा स्थानीय युवाहरुको माग अनुसार पार्टी प्रवेश गराउनु परेको सभापति स्वर्णकारले बताए।
सो कार्यक्रममा बोल्दै जिल्ला सभापति स्वर्णकारले बाराको प्रमुख नाकाको रुपमा कवहीगोठ–छौडादानो जोडने संतगन्ज नाकाको भन्सार कार्यालय पुर्णरुपमा संचालनमा ल्याउन माग गरेका छन् । अब परिवर्तन आवश्यक रहेको उनले बताएका छन् ।


