कलैयामा आतंक मच्चाउने बहुला कुकुरलाई बारा प्रहरीले लियो नियन्त्रणमा

साझेदारी दैनिक
455 पाठक संख्या

कलैया : बाराको सदरमुकाम कलैयामा आतंक मच्चाइरहेको बहुला कुकुरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार ( आज ) कलैयास्थित बरेवा क्षेत्रमा प्रहरीले उक्त कुकुरलाई नियन्त्रणमा लिएर मारेर खाल्डोमा पुरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गत कार्तिक ४ गते (मंगलबार) सो बहुला कुकुरको टोकाइबाट नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेयसहित ५२ जनाभन्दा बढी स्थानीयवासी घाइते भएका थिए।

कलैया उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले पाँच दिनको खोजीपछि उक्त कुकुरलाई नियन्त्रणमा लिएको हो।

उक्त कुकुरले बसतपुर, घोगलरिया, कलैया, बरेवा टोल, सिसहनिया लगायतका क्षेत्रमा आतंक मच्चाएको थियो। प्रहरी निरीक्षक खेम प्रसाद नेपालका अनुसार कुकुर नियन्त्रणमा आएसँगै बाराबासी त्रासमुक्त भएका छन् ।

Leave a review