नकआउट फुटबल प्रतियोगिताको उपाधि रौतहट बनबहुअरीको पोल्टामा

साझेदारी दैनिक
127 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ रमपुर्वामा आयोजित नक आउट फुटबल प्रतियोगिताको उपाधिमाथि पानस युवा क्लब बनबहुअरी रौतहटले कव्जामा लिएको छ। उसले आयोजक श्री मान सी बाबा युवा क्लब रमपुर्वालाई१ को विरुद्ध २ गोलले पराजित गर्दै उपाधिमाथि कव्जा गरेको हो।

श्री मान सि बाबा युवा क्लब कोल्हवी नगरपालिका ११ रमपुर्वा द्वारा संचालित दोस्रो खुल्ला नकआउट प्रतियोगिताको बिजेता टिम बनबहुअरीले नगद रु ३० हजार शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता आयोजक टिम रमपुर्वाले नगद रु पन्द्र हजार शील्ड मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेक छ। प्रतियोगिताको बिजेता टिमलाइ कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पुरस्कार बितरण गरेका थिए। उपबिजेता टीमलाइ कोल्हबी न .पा.वडा न ११ का वडा सदस्य चन्दू प्रसाद चौधरीले पुरस्कार बितरण गरेका थिए।

प्रतियोगितामा बेस्ट गोलकिपर बन बहुअरीका करन थापा, बेस्ट डीफेन्डर आयोजका निरन्जन चौधरी, बेस्ट फरवार्ड बनबहुअरीका समीर थापा ,बेस्ट मिड फिल्डर आयोजक टिमका सन्देश चौधरी घोषित भएका थिए। नगर प्रमुख चौधरीले खेलकूद स्वास्थको लागी ,राष्ट्रको लागी र आफ्नो पहिचानको लागी भएकोले युवाहरु खेल प्रति आकर्षित भएको बताए। केही महिना पछी कोल्हबी नगरपालिकाले नगर स्तरीय लीग फुटवल प्रतियोगिताको आयोजना गर्ने उनले जानकारी दिए।

सो प्रतियोगितामा सहभागी हुन जिल्ला प्रशासन कार्यालय बारामा क्लब दर्ता भएको र कोल्हवी नगरपालिकामा सूचिकृत भएको हुनु पर्ने छ। कोल्हवी नगरपालिका वडा न ११ का समाजसेवी माहाराज चौधरी,देवकी राम, इलाका प्रहरी कोल्हवीका प्रमुख रंजन मिश्र, स्थानीय संचारकर्मिहरुको उपस्थिति रहेको थियो। फाइनल खेल हेर्न करिब चार हजार दर्शक खेल मैदानमा आएका थिए।

Leave a review