Sajhedari Daily
Latest News from Nepal

मोटरबाट पानी तान्ने क्रममा पर्सामा एक जनाको मृत्यु

पर्सामा मोटरबाट पानी तान्ने क्रममा एक जनाको ज्यान गएको छ।जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्वर ६ गम्हरिया टोल निवासी २५ बर्षिय दिनेश साह ज्यान गएको हो ।

खेतमा पानी हाल्नको लागि मोटरबाट पानी तान्नेक्रममा साहलाई अचानक करेन्ट लागेको थियो । बुधबार राति करेन्ट लागेर गम्भिर घाईते भएका साहको उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा वीरगञ्जमा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको छ ।

Comments are closed.

error: Content is protected !!