बिजुलपुरमा नि.शुल्क दन्त मेडिकल तथा सर्जरी स्वास्थ्य शिविर सम्पन्न

साझेदारी दैनिक
270 पाठक संख्या

कलैया । विजुलपुरमा नि.शुल्क दन्त मेडिकल तथा सर्जरी स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ को कार्यालयको आयोजना गरेको उक्त शिविरमा १५० जना भन्दा बढी लाभान्वित भएका छन ।

धेरै जनामा गुटखा खाएकोले र ब्रस गर्ने तरिका नभएकोले दातमा समस्या आएको डाक्टर कैश वारिस अन्सारीले बताएका छन् । सो शिविरमा दातमा समस्या भएकालाई नि.शुल्क औषधि समेत दिइएको डाक्टर अन्सारीले बताए ।

शिविरमा दाँतको समस्याको पहिचानसँगै स्थानीयको समयसँगै पैसाको समेत बचत हुने भएपछि स्थानीय खुसी छन् । शिविरमा डाक्टर खुस्तर ताज अन्सारी नुरानी,डाक्टर कैश वारिस अन्सारी र डाक्टर परवेज आलम अन्सारीको नेतृत्वको टोलीले दन्त परीक्षण गरेको थिए ।

शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर २७ का वडा अध्यक्ष अशोक कुमार तिवारी,जाकिर हुसेन,मोहन साह,स्थानीयहरु लगायतको सहभागीता रहेको थियो ।

Leave a review