फ्रेशर्स वेलकम कार्यक्रम भिश्वामा सम्पन्न

साझेदारी दैनिक
129 पाठक संख्या

वीरगञ्ज : बिपिएस प्लस–२ कलेज रानीघाटले कक्षा–११ का नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि सुस्वागतम कार्यक्रम गरेको छ।

होटल भिस्वामा भव्य वेलकम कार्यक्रम विच शुक्रबार सम्पन्न भएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो।

कलेजका निर्देशक दीपक पटेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जेसिस वीरगंजका अध्यक्ष सरोज चौरसिया, मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका स–सचिव एसके चौरसियाको उपस्थिति रहेको हो। उक्त कार्यक्रममा अभिलाष गुप्ता, राकेश साह, आरोहन साह, प्रहलाद चौरसिया, कन्हैया पटेल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, सञ्चारकर्मी अभिनाश अधिकारी, राजेन्द्र सिंह, राजु बैठा, रोशन साह, राज कुमार, सुर्यानारायण बिक लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन निर्देशक सन्दिप कुँशवाहाले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुत गरे। अतिथिहरूलाई खादा, माला र मायाको चिनो प्रदान गरिएको थियो।

Leave a review

This will close in 0 seconds