चपुर । प्रणामी व्यावसायी संघ नेपालको पाँचौै केन्द्रीय वार्षिक साधारणसभा रौतहट जिल्लाको चन्द्रपुरमा शनिवार एक कार्यक्रमवीच सम्पन्न भएको छ ।
चन्द्रपुर स्थित शहिद पार्कमा आयोजित पाँचौ बार्षिक साधारणसभाको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि उदय सापकोटाले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष सापकोटाले यस व्यावसायी संघले धार्मिक तथा व्यवसायीक हकहितका लागि काम गरिरहेकाले अझ संगठित भई देशव्यापी रुपमा संगठन निर्माण गर्न प्रणामी व्यावसायी संघलाई सफलताका शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष सापकोटाले पवित्र भावनाका साथ व्यवसायीहरुको हकहितमा काम गर्न प्रणामी व्यावसायी संघलाई अनुरोध गर्नुभयो । व्यावसायी हकहितका लागि यस प्रणामी व्यावसायी संघलाई सवैखाले साथ र सहयोग गर्न चन्द्रपुर नगर उद्योग बाणिज्य संघ तयार रहेको अध्यक्ष सापकोेटाले बताएका छन ।
कार्यक्रमा विशिष्ट अतिथिको रुपमा उपस्थित निजानन्द धाम नजरपुर रौतहटका गाद्दीपति १०८ श्री सुरेन्द्र महाराजजीले शुभभाव सहित संघको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
संघको उद्घाटन समारोहमा संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले सहित नमराज ढकाल, खुल बहादुर गौतम, अनिता पौडेल लगायतका शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद वाग्लेको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन समारोहमा समरोहमा स्वागत संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पोख्रेल र कार्यक्रमको संचालन महासचिव प्रमोद वाग्लेले गरेको व्यवसायी संघ बाराका अध्यक्ष होमनाथ उप्रेतीले जानकारी दिनुभएको छ ।
साधारणसभामा आठ वटा जिल्लाका जिल्ला अध्यक्षहरुले आफ्ना जिल्लाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा करिब सयौंका संख्यामा ब्यबसायहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे साथै प्रेम भाेज कार्यक्रम पनि राखिएकाे थियाे ।


