विभिन्न मुद्धामा फरार पाँच जना अभियुक्तहरु पक्राउ

साझेदारी दैनिक
485 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्धामा फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतको फैसला कार्यान्वयनको सिलसिलामा कुटपिट तथा सवारी ज्यान मुद्दामा जरिवाना ठहर भई फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर २ बस्ने वर्ष ३५ को गणेश पटेल, वडा नम्बर ं.१ बस्ने वर्ष ४२ को धिरेन्द्र कुमार जयसवार, सोही वडाका वर्ष ४५ का मोतिलाल कुर्मी, वर्ष ५५ को महेन्द्र प्रसाद कुर्मी, वर्ष ३७ का राजकुमार कुर्मीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकोहरुलाई कैद भुक्तानका लागि बारा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी गराएका छन ।

Leave a review