Sajhedari Daily
Latest News from Nepal

भागवण्डा नमिल्दा जीतपुुरसिमरा उपमहानगरपालिकामा,कर्मचारी पदपुुर्तिमा महिनौँ दिनदेखि नतिजा प्रकाशन रोकियो

रञ्जन यादब/
बाराको जीतपुुरसिमरा उपमहानगरपालिमा करारमा कर्मचारी पदपुुर्तिमा भाग वण्डा नमिल्दा महिनौँ दिन देखि नतिजा प्रकाशन रोकिएको छ ।

२०७७ जेठ २१ गते उपमहानगरपालिकाको कार्यालयले स्टाफ नर्स आठ जना ,हेल्थ असिस्टेण्ड आठ जना र कार्यालय सहयोगी ११ जनाको पदपुुर्तिको लागि बिज्ञापन गरेको थियो । २०७७ असार २८ गते परिक्षा र अन्तर्वाता लिईसक्दा पनि जीतपुुरसिमरा उपमहानगरपालिकाको जनप्रतिनिधि र कर्मचारीमा आफनो मान्छेको नाम छनोट गर्ने कुुरामा कुुरा नमिल्दा नतिजा अहिलेसम्म अन्यौलमा नै रहेको बिश्वसिलो स्रोतले जनाएको छ ।

राम्रो भन्दा पनि हाम्रो मान्छेलाई ग्राहयता दिने परम्पराले कर्मचारीको पदपुुर्ति रोकिएको छ । लिखित र अन्तवार्तामा तदारुक्ता देखाएर छिटो छरितो परिक्षा लिएको उपमहानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिमा कर्मचारीमा भागवण्डा नमिल्दा थाति राखिएको हो स्रोतको दावी छ ।

उपमहानगरपालिकाको प्रमुुख प्रशासकीय अधिकृत चेत कुुमार पोख्रेलसंग प्रतिकृया लिदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई करारमा पदपुुर्ति गर्ने कि नगर्ने बिषयमा पत्र लेखेको तर जबाफ अहिलेसम्म नआएका कारण परिक्षाको नतिजा प्रकाशन ढिलो भईरहेको जानकारी दिएका छन ।

मन्त्रालयसँग समन्वय नै नगरी कर्मचारी बिज्ञापन र अन्य परिक्षाको प्रक्रिया अगाडि बढाएको उपमहानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीमा आआफनो तर्फको मान्छेको नाम लिष्ट आएर भागवण्डा नमिलेर परिक्षाको नतिजा प्रकाशन गर्न नसकिएको स्रोत बताउँछ ।

भागवण्डा नमिल्दा तत्कालिन उपमहानगरपालिकाको प्रमुुख प्रशासकीय अधिकृत बैकुुण्ठनिधि शर्माले परिक्षाको नतिजा प्रकाशनमा ढिलो गर्ने मनसायले असार ३० गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिक्षाको नतिजा प्रकाशन गरी नियुुक्ति प्रक्रिया अघि बढाउन मिल्ने कि नमिल्ने भनी जवाफ माग गरेका थिए ।

तर मन्त्रालयले अहिलेसम्म जबाफ पनि दिईएको छैन् र उपमहानगरपालिकाले त्यसको जबाफका ेलागि पुुनः पत्र पनि लेखेको देखिदैँन् ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य क्षेत्रमा कर्मचारीको अभाव रहेको समयमा कर्मचारी पदपुुर्ति रोक्नुुलाई कतिपयले नगरबासीको स्वास्थ्यसँग खेलवाडको रुपमा बुुझेका छन् ।

Comments are closed.

error: Content is protected !!