जीतपुरसिमरा उवासंघद्धारा महासंघमा निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरुलाई सम्मान

साझेदारी दैनिक
995 पाठक संख्या

रञ्जन यादब/
बाराको जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघले मंगलवार नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित अध्यक्ष सहित महासंघका महत्वपुुुर्ण पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

सम्मानित हुुनेमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, जिल्ला नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेस श्रेष्ठ, एसोसिएट समुुहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघाई र कार्यकारिणी सदस्य डि.बि.बस्नेत रहनुुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साहले फुुलमाला र खादाले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बाराको सिमरामा रहेको बिशेष आर्थिक क्षेत्र सेजमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न नसकेका कारण सेजमा उद्योगहरुको उपस्थिती हुुन नसकेको बताएका छन् ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा ब्यक्त गर्नुुभयो । सरकारले सिमानाका सशस्त्र प्रहरी लगाएर राम्रोसँग सिल गर्न सके मात्र अबैध रुपमा भारत प्रबेश गर्न समानहरु निरुत्साहित भई स्वदेशी समानले ग्रायहता पाउँने बताए । महासंघका अध्यक्ष गोल्छा सहित आएको टोलिले नगर उद्योग बाणिज्य संघको नव निर्मित भवनको निरिक्षण गरेको थियो ।

कार्यक्रममा जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष घनश्याम गिरी, नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुुन लम्साल, कोषाध्यक्ष अमर यादब,सचिव लक्ष्मण अधिकारी,रेडिमेड ब्यवसायी संघ जीतपुुरका अध्यक्ष प्रकाश गिरी, गिता शर्मा, रिना बजगाँई लगायतको सहभागिता रहेको थियो ।

Leave a review