बाराको पथरामा १८ लाखभन्दा बढीको सुनचाँदी चोरी

साझेदारी दैनिक
510 पाठक संख्या

कलैया । बाराको बारागढी गाउँपालिका वडा नम्बर ४ पथरामा १८ लाख रुपैयाँभन्दा बढीको सुनचाँदी चोरी भएको छ।

गएराति करिब १२ देखि १ बजेको समयमा पथरा निवासी नागेन्द्र प्रसाद साहको घरमा चोरी भएको हो। अज्ञात व्यक्तिहरूले दराज रडले फोडी घरभित्र राखिएको सुनचाँदी तथा नगद चोरी गरेको परिवारजनले बताएका छन् ।

पीडित साहका अनुसार ६ भर सुन २४ भर चाँदी तथा १० हजार रुपैयाँ नगद गरी कुल १८ लाख १० हजार रुपैयाँ बराबरको चोरी भएको छ।

घटनापछि स्थानीयवासीहरूले इलाका प्रहरी कार्यालय बारागढीका प्रमुख एवम् प्रहरी निरीक्षक कुसुम नायकको मातहतमा रहेको लङ्गडा प्रहरी चौकीको सुरक्षा व्यवस्था फितलो भएको आरोप लगाएका छन्।

उक्त चोरीको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a review