Sajhedari Daily
Latest News from Nepal

जनता समाजवादी पार्टीले बारा र पर्सा आन्दोलनलाई निरन्तरता

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी बारा र पर्साले आईतवार पनि आन्दोलनलाई निरन्तरता दिइएको छ ।
केन्द्रिय कमिटीको निर्णयअनुसार देशब्यापी रुपमा भइरहेको कार्यक्रम अन्र्तगत बाराको कलैयामा र पर्साको वीरगञ्जमा पनि विरोध सभा सम्पन्न भएको छ ।

बारको कलैयमा पार्टी निकालिएको विरोध ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरि भरतचौकमा पुगरे कोणसभा सम्पन्न गरेको थियो । कलैयामा आयोजित कोणसभामा विभिन्न नेताहरुले सम्बोधन गरेको पार्टीका सरफुल्लाह अन्सारीले बताएका छन ।

यसैगरी वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध सभा, माइस्थान, आदर्शनगर, अलखिया मठ देखी घडिअर्वा पोखरी हुँदै पुन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्षद्वय रामनरेश यादब र जगदिश पटेलको सयुक्त अध्यक्षतामा भएको विरोध सभालाई सम्बोधन गर्दै बक्ताहरुले संविधान प्रतिगामी निर्णयलाई यथाशिघ्र फिर्ता लिनुपर्नेमा जोड दिएका छन । ‘

कार्यक्रममा प्रदेश सभा सदस्य रमेश पटेल, करिमा बेगम, प्रहलाद गिरी, जसपाका केन्द्रिय सदस्य रामचन्द्र पण्डित केन्द्रिय सदस्य, मुन्नी श्रीवास्तव, शशीकपुर मिया, रम्भा मिश्रा, मनोज यादब लगायत सयौको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!