सुनसरीमा डुबेर दुई बालकको मृत्यु

रासस
32 पाठक संख्या

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिनुभयो ।

खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds