नेपाल पत्रकार महासंघ प्रदेशिक समितिको वैठक सम्पन्न,महासंघको साधारण सभा फाल्गुन १ गते वीरगञ्ज गरिने

साझेदारी दैनिक
साझेदारी दैनिक 450 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पर्साको वीरगञ्जमा नेपाल पत्रकार महासंघ प्रदेशिक समिति प्रदेश नम्बर २ को कार्यसमितिको पुर्ण बैठक आईतवार सम्पन्न भएको छ ।

प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य अवधेश झाको विशेष उपस्थितिमा उक्त वैठक सम्पन्न भएको हो । वैठकले विभिन्न निणर्यहरु गरेको छ बैठकले प्रदेशिक समितिको सधारणसभा फाल्गुन १ गते वीरगंञ्जमा निर्णय भएको सचिव गुरु प्रसाद गौतमले जानकारी गराउनुभएको छ ।

वैठकले साधारणसभा सम्पन्न गराउन प्रदेशिक समितिका उपाअध्यक्ष केसी लामीछानेको संयोजकत्वमा मुल तयारी समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा सचिव गूरुप्रसाद गौतम, सदस्यहरु सिकेन्द्र पासवान, जीतलाल श्रेष्ठ, भोजराज भट्टराई, नेपाल पत्रकारमहासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा, बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय रहेका छन् ।

यस्तै वैठकले स्वागत सत्कार समितिको संयोजकमा उपाअध्यक्ष रिन्कु मिश्रा गायत्री, सदस्यहरुमा सदस्य ललिता साह, वीरगंजका कृयाशिल पत्रकारहरु माधुरी महतो, बिम्मी शर्मा, बिमला गुप्ता, लक्ष्मी खरेल रहेका छन । त्यसैगरि संञ्चार समितिको संयोजकमा सचिव आरएन विस्वास, सदस्यहरुमा अजय साह, शैलेन्द्र झा रहेका हुन भने अवास तथा भोजन ब्यवस्थापन समितिको संयोजकमा कोषाअध्यक्ष प्रविन साह, सदस्यमा जगत राई रहेका छन् ।

प्रदेशिक समितिको निर्वाचन सम्पन्न भए देखि वीरगंज महानगरपालिकाले प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको हुदा महानगरको सहयोगलाई मुल्याकन गर्दै मेयर बिजय सरावगीलाई सम्मान गर्ने निर्णय भएको समितिका अध्यक्ष चौहानले बताएका छन ।

सधारणसभामा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द अचार्य, अन्य पदाअधिकारीहरु, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दहाल लगायतका पत्रकारका नेताहरु आउने भएका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review