रबिन्द्र प्रसाद साह
कलैयामा ग्रामिण उद्यम तथा विप्रेषण आोजना (समृद्धि) परियोजना सम्बन्धी आईतवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृषि उद्यम केन्द्र नेपाल, उद्योग वाणिज्य महासंघ काठमाण्डौंको आयोजना तथा कलैया उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयको समन्वयमा उक्त अन्तरक्रिया भएको छ।
नगरप्रमुख राजेशराय यादवको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) परियोजना अन्तरगत वैदेशिक रोजगारबाट फर्केकाहरुका लागि कोभिड रेसपोन्सिभ कार्यक्रम कार्यन्वयन अवधारणा सम्वन्धीत प्रस्तुति गरीएको थियो ।
सो कार्यक्रमको मुख्य उद्देश्य कोरोना भाइरसको बेला वैदेशिक रोजगारबाट फर्केका तथा वैदेशिक रोजगारीमा जान लागेका तथा कोरोना भाइरसको कारण जान नसेका सम्पूर्ण युवाहरु मध्येबाट बढि लक्षितहरुको पहिचान गर्न कलैया उपमहानगरपालिकाका २७ ओटै वडाहरुबाट करिब एक सय जना युवाहरुलाई विभिन्न शिपमूलक तालिम प्रदान गरी रोजगारीको सृजना गरिने नगरप्रमुख यादवले बताए ।
सो कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुन, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रहलाद वर्णवाल, कलैया उपमहानगरपालिका का विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरू लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा संचालन आप्रवासी स्रोत केन्द्रका सूचना अधिकारी प्रभात कुमार वर्माको रहेको थियो भने स्वागत मन्तव्य जनकपुर कोरीडोर संयोजक मोती गिरीको रहेको थियो।
समृद्धि परियोजना अन्तरगत कलैयामा अन्तरक्रिया
Leave a review
Leave a review

