वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

विद्युत कर्मचारीको लापरवाहीले सूवर्ण गाउँपालिका अध्यारोमा

श्रीकान्त गुप्ता/
बाराको सुवर्ण गाउँपालिकाले विद्युत प्राधिकरणको वक्यौता तिरे पनि विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीले विद्युत प्रवाह नगर्दा गाउँपालिकामा अध्याँरोमा परेको जनाएको छ ।

वक्यौता बाँकी रहेकाले काटिएको विद्युत लाईन रकम तिर्दा समेत जडान नहुदा स्थानीय जनताको विभिन्न काम प्रभावित भएको छ । सुवर्ण गाउँपालिकाको वडा नं २ , र ३ मा विद्युत प्राधिकरणले ३ बर्ष देखि बिधुत काटिएकोले स्थानीय जनतालाई समस्या भएको हो ।

गाउँपालिकाको वडा नं २ कवहिगोठ र वडा ३ संन्तगजको साढे तेर लाख रुपैया विद्युत प्राधिकरणको बक्यौता सुवर्ण गाउँपालिकाले तिरी सकेको ६ महिना बितेपनि विद्युत प्राधिकरण कार्यालय कलैया बाराले गाउँपालिकाको कवहिगोठ र संन्तगजमा पून विद्युत जडान गरेको छैनन् ।

प्रदेश विद्युत प्राधिकरण र वितरण केन्द्र कार्यालयले माग गरेको आवश्यक कागजात विधुत कार्यालयमा पु¥याएको ६ महिना बिति सक्दापनि गाउँपालिकामा विद्युत जडान भएको छैन ।

तीन बर्षदेखि अध्यारोमा रहेको स्थानीय जनताको समस्या बुझेर सुवर्ण गाउँपालिका प्रमुख अध्यक्ष महेन्द्र प्रसाद यादवले विद्युत प्राधिकरणका कर्मचारीलाई पटक पटक आग्रह गरेपनि कर्मचारीले बिधुत जडान गर्न कुनै सुनवाई नगरेको सुवर्ण गाउँपालिका प्रमुख अध्यक्ष महेन्द्र प्रसाद यादव बताउछ ।

विधुत प्राधिकरण कर्मचारीको लापरवाहीले कवहिगोठ र संन्तगजमा गाउँ अध्यारोमा छ । कोरोनाको समयमा विभिन्न विद्यालयमा अनलाई टेलिभिजन , रेडियोबाट पढाइ हुँदा गाउँका बिद्यार्थीहरु विद्युतको समस्याले पढन सकेका छैन ।

कवहिगोठ र सन्तगंज गाउँका कति किसानले सिचाई अभावका कारण आर्थिक समस्याले खेत बाझो राखेका छ्न । भने कति किसानले दम्कल र डिजल खरिद गरेर सिचाई गरेर खेती गरिरहेको स्थानीय एक जना किसानले गुनासो गरि रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!