Sajhedari Daily
Latest News from Nepal

तीन गोठघरमा आगलागी हुदा झण्डै दुई लाख भन्दा बढिको क्षति

रबिन्द्र प्रसाद साह /
बाराको करैयामाई गाउपालिका वडा नम्बर ४ गालोपट्टी शनिवारराति भएको आगलागीमा दुई लाख भन्दा बढि मूल्य बराबर को मालसामान जलेर नष्ट भएको छ।

सोहि वडाका स्थानीय ३ जनाको गोठमा आगलागी भएको थियो । आगलागीबाट गोठघरमा रहेको सम्पूर्ण सामानहरू जलेर पूर्ण रुपमा नष्ट भएको छ । गाउँ वस्ती भन्दा पर रहेको गोठ रहेको हुनाले राति आगलागी भएको थाहा नभएको पिडितहरुले बताएका छन । आईतवार बिहान मात्र आगलागी भएको थाहा भएको पिडितहरुले बताए ।

आगलागीबाट स्थानीय समपत साह तेलीको करिब ४८ हजार मूल्य बराबर, देवधारी साह तेलीको करिब ८० हजार मूल्य बराबर र रामधारी साह तेलीको करिब ७६ हजार मूल्य बराबरको गरि कुल दूई लाख ४ हजार मूल्य बराबरको सरसामानहरू जलेर नष्ट भएको उनीहरुले जानकारी गराइएका छन ।

Comments are closed.

error: Content is protected !!