Sajhedari Daily
Latest News from Nepal

जीतपुुरसिमरा उपमहानगरपालिकामा ३ सय ८७ जना जेष्ठ नागरिकहरुले लगाए कोरोना बिरुद्वको खोप

रञ्जन यादब/
जीतपुुरसिमरा उपमहानगरपालिकामा तीन सय ८७ जना ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुले कोरोना बिरु्द्वको खोप लगाएका छन् ।

उपमहानगरपालिकाले फागुुन २३ गतेदेखि २५ गते सम्म बिभिन्न वडाहरुको १५ वटा खोप केन्द्रबाट जेष्ठ नागरिकहरुलाई खोप लगाएको थियो । सोही अवधिमा जेष्ठ नागरिक र लक्षितबर्गका सहित ३ हजार १ सय ६१ जनाले खोप लगाएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुुख रबि भाष्करले जानकारी दिएका छन ।

जसमा पुुरुष १ हजार ७ सय ५८ जना र महिला १ हजार ४ सय तीन जना रहेका छन् । जेष्ठ नागरिकहरुलाई कोरोना खोप लगाउँदा उनीहरुमा कुुनै किसिमको समस्या देखा नपरेको स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुुख भाष्करले जानकारी दिए ।
फोटोः कोरोना विरुद्वको खोप लिदै एक जेष्ठ नागरिक

Comments are closed.