Sajhedari Daily
Latest News from Nepal

तरुण दलको प्रदेश स्तरीय बैठक रौतहटको चन्द्रपुरमा

तरुण दलको प्रदेश स्तरीय बैठक रौतहटको चन्द्रपुरमा
अनिल कुमार साह
नेपाल तरुण दल प्रदेश नम्बर २ को प्रदेश स्तरीय बैठक रौतहटको चन्द्रपुरमा आज सम्मन्न भएको छ ।
केन्द्रीय आदेशानुसार आज उक्त वैठक वसेको हो । वैठक नेपाल तरुण दल बाराको अध्यक्ष लोकेश सिंहको अध्यक्षतामा वसेको थियो । सो बैठकले नेपाल तरुण दल प्रदेश न.२ को बारा जिल्ला अध्यक्ष लोकेश सिंहको संयोजकत्वमा तरुण भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निणर्य गरिएको हो ।
चैत २३ गतेको केन्द्रीय पत्रानुसार जेष्ठ १ र २ गते बाराको कलैयामा सो भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको छ। सो बैठकमा प्रदेश नं.२ का ८ ओटै जिल्लाका तरुण अध्यक्षहरुको सहभागिता रहेको अध्यक्ष सिंहले बताएका छन।