Sajhedari Daily
Latest News from Nepal

लायन्स क्लबद्धारा बिद्यालयलाई पंखा सहयोग

रञ्जन यादब /
बाराको एक सामुदायिक विद्यालयमा लायन्स क्लब अफ सिमराले पंखा जडान गरिदिएको छ । गर्मि याममा तातो छानामुनी बसेर पढ्न बाध्य जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ अम्बाटारस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि क्लबले १० थान पंखा सहयोग गरेको हो ।

क्लबका प्रेसीडेन्ट हंकल्पीत न्यौपानेले आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक सुदामा प्रसाद यादवलाई पंखा हस्तान्तरण गरेका हुन् । कक्षा पाँच सम्म पठनपाठन हुने उक्त बिद्यालयमा कुल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।

२०४४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पंखा जडान नहुँदा गर्मी याममा टिनको छानामुनी कष्ठपुर्ण रुपमा पठनपाठन हुँदै आएको थियो । तराईको चर्को घाममा विद्यार्थी तथा शिक्षकलाई समेत समस्या हुनेगरेको भन्दै विद्यालयका प्रधानाध्यापक यादवले लायन्स कलब अफ सिमराले गरेको यो सहयोगले ठुलो राहत मिल्ने बताएका छन् ।

हामलसम्म विद्युत समेत जडान नगरिएको उक्त विद्यालयमा पंखा वितरण गरेर मात्र छाडीँदा समस्या समाधान नहुने भएपछी कलबले आफै जडान समेत गरेको प्रेसीडेन्ट न्यौपानेले बताए ।