Sajhedari Daily
Latest News from Nepal

नेपाल विद्यार्थी संघले प्रजिअलाई ज्ञापनपत्र बुझायो

नेपाल विद्यार्थी संघ बाराले मंगलवार बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन ।

नेपाल सरकारद्वारा जारि गरिएको शिक्षा ऐनलाई संस्थागत विद्यालयहरुले वेवस्ता गर्दै शिक्षाको नाममा चर्को शुल्क असुल्दै गरेकाको बिरोधमा ज्ञापनपत्र बुझाइएको हो । संघ बाराका कार्यवाहक अध्यक्ष हरिओम शाहको नेतृत्वमा उक्त ज्ञापनपत्र बुझाएको थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेल मार्फत जिल्ला शिक्षा समन्वय ईकाई, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल लगायत १६ वटै स्थानीय तहलाई समेत बोधार्थ पठाइएको बिधार्थी नेता प्रविण पटेलले जानकारी दिए ।

शिक्षा ऐन अनुसार संस्थागत बिधालयहरुमा एक हजार भन्दा मुनि बिधार्थी संख्या भएको बिधालयमा १० प्रतिशत छात्रवृत्ति र एक हजार भन्दा माथि विद्यार्थी संख्या भएको बिधालयमा १५ प्रतिशत छात्रवृत्ति हुनु पर्ने भएपनि अधिकांश विद्यालयहरुमा सो नियम लागु नभएको र मनपरी रुपमा शुल्क उठाउने गरेको हुदा अभिभावकहरु निकै मर्कामा पर्न थालेको गुनासो बढीरहेको हुदा सोलाई रोक्नका लागि आफुहरु बाध्य भएर ज्ञापनपत्र बुझाउनु परेको अर्का बिधार्थी नेता प्रभात सिहले बताए ।

ज्ञापनपत्र बुझाउनेहरुमा बिधार्थी नेता बादल यादव, राकेश सर्राफ, लालबाबु कुमार शाह, दिपक यादव, अजय यादव, सुमन साह, सिकन्दर कुशवाहा, ईम्तियाज आलम, राजेश यादव, भिम यादव लगायतका रहेका थिए ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी पौडेलले यस बिषयमा आफु निकै गम्भिर रहेको बताउदै अनुसंन्धान गर्ने बताएका छन । ऐन बिपरित शुल्क लिएको प्रमाण फेला परेको खण्डमा त्यस्ता विद्यालयहरुलाई कार्यवाही गर्ने प्रतिवद्धता ब्यतm गरेका छन ।

जिल्लाभरीका दर्जनौ नाम चलेका निजी विद्यालयहरुले बिभिन्न बहनामा चर्को शुल्क लिने गरेको भएपनि सम्बन्धीत निकाय नै मौन हुदा अभिभावकहरुलाई सास्ती भोग्नु परेको अधिकारकारकर्मीहरुको दुखेसो रहेको छ ।

Comments are closed.

error: Content is protected !!