वडा सचिवलाई गालीगलौज गर्ने एक जना प्रहरीको फन्दामा

साझेदारी दैनिक
साझेदारी दैनिक 297 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको वडा कार्यालयमा वडा सचिवलाई गालीगलौज गर्ने एक जना प्रहरीको फन्दामा परेका छन् ।

सन्तानको जन्मदर्ता बनाउन वडा कार्यालय पुगेका वडा नम्बर ७ अन्तर्गत जीतपुर केराढोका नजिकै बस्ने सुनिल जयसवालले वडासचिव दिलिप ढुंगानालाई गालीगलौज तथा ज्यान मार्ने धम्की दिएपछि बिवाद भएको हो ।

जयसवालको स्थायी ठेगाना जीतपुरसिमरा उपमहानगरपालीका ११ ईनर्वासिरा भएपनि उनले वडा नं. ७ कै कार्यालयबाट नै जन्मदर्ता बनाईदिन माग गरेको वडा सचिव ढुंगानाले बताए ।

आफुले बसाईसराईको कागज मागेपछि मदिरा सेवन गरेका सेवाग्राही जयसवाल वडा सचिवमाथि जाईलागेका थिए ।

जयसवालले आफुहरु सपरिवार २५ बर्षदेखी वडा नम्बर ७ मै बस्दै आएको दाबी गर्दैै जन्मदर्ता बनईदिन दबाब दिएका थिए ।

विवादलगतै ईलाका प्रहरी कार्यालय जीतपुुरबाट आएको प्रहरी टोलीले जयसवाललाई नियन्त्रणमा लिएको वडाध्यक्ष रामबाबु गुप्ताले जानकारी दिएका छन ।

 

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review