विना सुरक्षाकर्मीको गंगापुरको आइसोलेसन संञ्चालनमा, कोरोना संक्र्रमित डराउदै

साझेदारी दैनिक
साझेदारी दैनिक 307 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान /
कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरको शैक्षिक तालिममा आइसोलेसनमा रहेको कोरोना बिरामीहरुको ९ जना डाक्टरको टोलीले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

कलैया अस्पतालको आइसोलेसनमा रहेको बिरामीहरुलाई गंगापुरमा शुक्रवार सारेपछि तिनीहरुको स्वास्थ्य अवस्थाको निगरानी गर्नुको साथसाथै उपचार गरिरहेका छन् ।

टोलीमा डाक्टर ओमप्रकाश कुशवाहा, डाक्टर ललन महतो, पारमेडिक्सहरु नवल पंडित, साक्षी गुप्ता, २ जना कास, स्वीपर १ जना खान पकाउने १ जना ,ल्यावका परमेश्वर यादव गरि ९ जनाको टोली रहेको डाक्टर कुशवाहाले भन्नुभयो ।

शनिवार स्वाब संकलन करिब १० जनाको हुने र ८ जनाको पहिलो पल्ट २ जनाको तेस्रो पल्ट रहेको स्वाब संकलन गर्ने डाक्टर कुशवाहले भन्नुभयो । संक्रमित पत्रकार र मुद्धाफाटमा कार्यरतm प्रहरी जवानको रिपोर्ट निगेटिभ आएको ती दुई जनालाई डिस्चार्ज गर्ने उहाँले बताउनुभयो ।

दुई पल्ट निगेटिभ आएकाहरुलाई छुटै कोठामा, महिलाहरुलाई छुटै र पुरुष संक्रमितलाई अलग राखी उपचार भईरहेको छ । आइसोलेसनमा रहेको बिरामी एवम डाक्टरहरुको टोलीलाई सुरक्षा प्रदानका लागि सुरक्षा खटाइएको छैन ।

सुरक्षकर्मी नहुदा आफुहरुलाई असुरक्षा महसुस भईरहेको डाक्टर कुसवाहाले भन्नुभयो । यता प्रहरी प्रवतmा गौतम मिश्रले ५० जना भन्दा बढी आइसोलेसनमा रहेको ठाँउमा नेपाली सेना खटाउने जिल्ला बिपद व्यवस्थापन समितिले निर्णय गरिसकेको हुदा नेपाली सेना नै खटने बताउनुभयो ।

कोरेन्टीनमा सुरक्षा दिदै आएको प्रहरीले नै तत्कालका लागि आइसोलेसन र कोरेन्टीनको सुरक्षा दिईरहेको प्रवतmा मिश्रले भन्नुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review