८३ किलो गाँजा सहित एक युवक पक्राउ

साझेदारी दैनिक
830 पाठक संख्या

बारा प्रहरीले ८३ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बा रहेका छन ।

पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडकखण्डमा गाँजा बोकी आइरहेका तस्करहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँजा छाडेर भग्ने क्रममा ऊनीहरु मध्ये रुम्बा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यस्तै अन्य तस्करहरु भने फरार भएकोले उनिहरुको खोजी कार्य भईरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

Leave a review

This will close in 0 seconds