विजया दशमीको दिन सहिद परिवारको आँगनमा वन मन्त्री यादव

साझेदारी दैनिक
938 पाठक संख्या

सिकेन्द्र पासवान/
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सहिद परिवारलाई भेटेर उनीहरुको सुख दुःख बुझेर आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीमा मात्रै होइन जनताका बीच पनि आफूलाई सरल नेताका रुपमा स्थापित गराउन सफल हुनु भएका छन् ।
सामान्य तथा कोही पनि नेता पदमा पुगेपछि आफ्नो तडकभडक देखाउने प्रवृत्ति आम रहेको बेला नेपाल सरकारका एक महत्त्वपूर्ण मन्त्रालय सम्हालेका वन तथा वातावरण मन्त्री यादवले आफू जुन परिवेशबाट आएको हुं त्यसलाई बिर्सने छैन भन्ने कुरालाई स्थापित गराउनु भएको छ ।

मन्त्रीको पद सम्हालेदेखि उनले आफ्नो जन्मथलो र कर्म थलोमा गएर आफ्नो जीवनसाथीलाई सम्मान गरे भने आज टिकाको दिन सहिद परिवारसंग भेटेर विजया दशमी मनाउनु भएको हो ।

शहिदहरुका कारण नै देशमा यस्तो परिवर्तन आएको र त्यसैको जगमा आफू मन्त्री भएको बताउंदै मन्त्री यादवले सहिद परिवारलाई राज्यले बेवास्ता गर्न नसक्ने बताउनुभयो ।

बाराको कलैयास्थित मधेस आन्दोलनका सहिद हिफाजत मियाको परिवार र बच्चासंग भलाकुसारी गर्दै सहिद परिवारको सम्मान र उनीहरुको उचित व्यवस्थापनका लागि आफू संधै तयार रहने मन्त्री यादवको भनाई रहेको थियो ।

मन्त्री यादबसंगै प्रतिनिधिसभा सदस्य राममबाबु कुमार यादव लगायतका नेता समेत सहिद परिवारलाई व्यवस्थापन गर्न सरकारलाई घच्घचाउने बताउनु भउको थियो ।

 

Leave a review

This will close in 0 seconds