लैङ्गिक रुपान्तरणका लागि सामुदायिक तथा धार्मिक अगुवाहरुलाई तीन दिने तालिम सम्पन्न

साझेदारी दैनिक
996 पाठक संख्या

बिभिन्न कारणबाट बिद्यालय बाहिर रहेकी किशोरीहरुलाई अपचारिक शिक्षाको मुलधारमा ल्याउने उदेश्यका साथ बाराको कलैयामा लैगिक रुपान्त्रका लागि सामुदायिक तथा धार्मिक अगुवाहरु संगको तीन दिने तालिम सम्पन्न भएको छ ।

शिक्षाका माध्यमबाट समाजमा बिधमान कुरितीहरु जस्तै बालविवाह, दाईजो प्रथा, भेदभाव तथा छुवाछुत, बिभिन्न प्रकारका बिभेदहरुलाई हटाउनका लागि जनचेतना जगाउने अभिप्रयाका साथ गोष्ठीको आयोजना गरिएको थियो ।

असमान नेपालका बारा जिल्ला परियोजा संयोजक रामसुरेश ठाकुरले जानकारी दिए । तालिमका सहभागीहरुले गाँउपालिकाबाट किशोरी शिक्षाका लागि प्रभावकारी रुपमा ऐन निर्माण गरि यस अभियानलाई दिगोपन दिनका लागि लिखित रुपमा सुझाव समेत दिएका छन ।

किशोरीहरु साक्षर हुदैन भने समाज शिक्षाको अन्धयारोमा पर्नुका साथसाथै गरिबीको चपेटामा पर्ने खतरा पनि उतिकै रहेको हुदा किशोरी शिक्षालाई प्रभावकारी रुपमा अगाडी बढाउन आजको आवश्यकता रहेको कुरामा सहभागीहरुले जोड दिएका थिए ।

कानुनको अभावमा स्थानिय स्तरमा किशोरी शिक्षा प्रभावकारी हुन नसक्दा कानुन निर्माण गरि अगाडी बढनका लागि पालिकालाई सुझाव दिएका थिए । किशोरी शिक्षाका लागि आइपर्ने चुनौतीका बारेमा पनि छलफल भएको परियोजना संयोजक ठाकुरले बताए । सहभागिहरुले तालिममा सिकेको कुराहरु ब्यवहारमा गरेर उतार्ने प्रतिवद्धता ब्यतm गरेका थिए ।

करैयामाई गाँउपालिकाका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई जितेन्द्र यादवले प्रशिक्षण दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै करैयामाई गाँउपालिकाकी उपाध्यक्ष चित्रलेखा चौधरीले सम्बोधन गर्दै किशोरी शिक्षालाई प्रभावकारी बनाउन पालिकाको स्तरबाट कुनै प्रकारको कमी कमजोरी नगर्ने प्रतिवद्धता ब्यतm गरिन । समय समयमा अनुगमन गरि किशोरीशरुलाई र शिक्षिकाहरुको मनोबल बढाउन काममा पनि लागि पर्ने उपप्रमुख चौधरीको कथन रहेको थियो ।

बेलाबखतमा अनुगमनको पाटोलाई प्रभावकारी बनाउन पालिका लागिपर्ने उपप्रमुख चौधरीले तर्क गरिन । तालिममा करैयामाई गाँउपालिकाका कार्यपालिका सदस्य, स्यमसेविकाहरु, समाजिक , धार्मिक अगुवाहरु, असमान नेपालका कर्मचारी रचना बस्नेत, करैयामाईका शिक्षा शाखा, महिला बिकास शाखका कर्मचारी लक्ष्मी कुमारी लामा लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds