रञ्जन यादव/
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको डिभिजन बन कार्यालय बाराले बिदाई गरेको छ ।
जिल्ला बन सुरक्षा समन्वय समितिका अध्यक्ष समेत रहनुभएका कटुवाललाई विहीवर फेरी भेटौँला कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो । डिभिजन बन कार्यालय बाराका प्रमुख बिनोद सिँह लगायत बनका कर्मचारीहरुले फुलमाला ,अबिर र गम्छा लगाएर प्रमुख जिल्ला अधिकारी कटुवालको बिदाई गर्नुभएको थियो ।
बिदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कटुवालले बारा जिल्लाले दिएको माया सराहणीय रहेको बताएका छन । मुस्कान र ईमान्दारिताको साथ सेवाग्राहीलाई सेवा दिन प्रमुख जिल्ला अधिकारीले कर्मचारीहरुलाई अनुरोध गनुृभयो ।
डिभिजन बन कार्यालय बाराका प्रमुख बिनोद सिँहले प्रमुख जिल्ला अधिकारीको रुपमा कटुवालले जिल्लामा शान्ति , सुरक्षा र सुशासन कायम गर्न खेलेको भुमिका अनुकरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।
जिल्लाको अभिभावकको रुपमा कटुवालले दिनुभएका योग्दान अन्य जिल्लाबाट सुन्ने गरेको तर कार्यदौरान बारा जिल्लामा प्रत्यक्ष हेर्ने अवसर पाएको बताउँनुभयो । प्रमुख जिल्ला अधिकारी कटुवालको उत्तरोत्तर प्रगती र भाबी कार्यकालको सफलताको कामना डिभिजन बन प्रमुख सिँहले भने ।
डिभिजन बन प्रमुख सिँहले मायाको चिनोको रुपमा भिम सखुवाको रुख अंकित फ्रेम सहितको फोटो कटुवाललाई प्रदान गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

