गुणस्तरहिन भनेर प्रशासनले गाडेको ८ सय ३० बोरा रहरको दाल स्थानीयहरुले खानको लागि लगे

साझेदारी दैनिक
साझेदारी दैनिक 510 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह/
बुधवार बेलुका अखाद्य दाल भनी स्थानीय प्रशासनले गाडेको दाल विहिवार भौराका स्थानीय व्यक्तिहरुले खनेर निकाली लगेका छन।

प्रहरीले उक्त स्थानमा गाडेको करिब ८ सय ३० बोरा रहरको दाल स्थानीयहरु साईकल, मोटरसाइकल तथा अटो समेत भाडा गरी निकालेर लगेको कलैया उपमहानगरपालिका वडा नं. १४ बघवन निवासी मनोज जयसवालले जानकारी गराएका हुन।
स्थानीयहरुले प्रहरीले सबैको रोहबरमा गाडेको दाल खाल्डो खनी गाडेको दालबाट एक सय भन्दा बढि बोरा दाल उखेलेर विभिन्न सवारी साधनहरुमा लोड गरी लगेको जयसवाले बताए ।

उक्त दाल खरिद गरिएको यादव आइस एण्ड कोल्ड स्टोरमा भण्डारण गरी राखिएको हो । उक्त रहरको दाल जिल्ला प्रशासन कार्यालय बारा समेतको रोहवरमा उक्त ८ सय ३० बोरा दालमध्येबाट परीक्षणको लागि नमुना निकाली सिलबन्दी गरिएकोमा परीक्षण पश्चात उक्त रहरको दाल खान नमिल्ने अखाद्य भएको भनी प्रमाणित भएको थियो।

सिलबन्दी गरिएको अखाद्य रहरको दाल जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, पत्रकारहरू समेतको रोहरवरमा गते बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुनः माटोले पुरी नष्ट गरिएको थियो।

कोरोना महामारीका कारण न्यूनीकरणको लागि सरकारले लकडाउन (बन्दाबन्दी) गरेपछि दैनिक रोजीरोटी गरिखाने गरीब विपन्न मजदूरहरूलाई राहत वितरण गरिएको थियो । सरकारको निर्देशन अनुरूप कलैया नगरपालिकाको विभिन्न वडाहरूमा अखाद्य किरा लागेको तथा सडेको अरहरको दाल वितरण गरेको देखिएको भन्ने सूचनाको आधारमा राहत वितरणको लागि विभिन्न वडाहरूमा राखिएको उक्त दाल गुणस्तरहिन भनिएको थियो ।

उक्त गुणस्तरहिन भनिएको रहरको दाल प्रहरीले गाडेको केहि घण्टामै भौराका स्थानीयहरुले सवै दाल निकाले खानका लागि लगेका छन । गुणस्तरहिन भनिएको उक्त दाल स्थानीयहरुले लगेपछि यतिखेर दालको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ । शिलबन्दी गरिएको सवै दाल गुणस्तरहिन हो की केही खान योग्य पनि थियो भन्ने केहीको भनाई रहेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review