मधेस प्रदेश सरकारका मुख्य मन्त्री सरोजकुमार यादबले भारतीय पर्यटकलाई अपराधी देख्ने दृष्टिकोण बदल्नुपर्छ भनेका छन् ।
संघीय सरकारले अपराधि देख्ने सरहको ब्यवहार बन्द नगरेसम्म मधेस प्रदेसको बिकास नहुने उनले बताएका हुन् ।
बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भारतीय नम्बर प्लेटको गाडी देख्ने बित्तिकै भन्सार देखि नै दुब्र्यवहार सुरु हुनु दुखद बिषय भएको मुख्यमन्त्री यादव बताउँछन् । मधेस प्रदेसलाई सबै भन्दा बढी फाईदा पर्यटनबाट हुन्छ भन्दै यस्ता पर्यटक भारतबाट आउँछन् भने।
भरतीय नम्बर प्लेट गाडि देख्ने बित्तिकै २ घण्टा भन्सारमै रोकिदिन्छ उनले भने । पथलैया पुग्दासम्म १०÷१२ ठाउँमा चेकिङ्ग हुन्छ । लाग्छ उ कुनै आतङ्कबादी हो उनले टिप्पणी गरे ।
भारु एक सय को नोट बोक्न पाउँने ,त्यसमा पनि एउटा ब्यक्ति भारतीय रकम रु २५ हजार रुपैया भन्दा बढी बोक्न नपाउँने नियम सरासर गलत छ, उनले भने । रु २५ हजार मात्र लिएर कोही नेपाल घुम्न आउँछ भन्नी उनले संघीय सरकारसंग प्रश्न गरे ?
पर्यटकीय भारतीय गाडिलाई एक हप्तासम्म नेपालमा घुम्न पाउँने छुट दिनुपर्ने माग उनले नेपाल सरकारसँग माग गरे । एक हप्तासम्म भारतीय पर्यटकीय गाडिलाई भन्सार छुट दिए छ महिनामा मधेस प्रदेस सरकारको मुहार फेरिने उनले दावी गरे ।
एक हप्ताको लागि पर्यटक सवार भारतीय गाडिलाई भन्सार छुट दिनुस वा प्रदेश सरकारबाट त्यो भन्सार छुटको रकम ब्यहोर्ने ब्यवस्था मिलाउँनुस ,हामी तिर्न तयार छौँ, मुख्यमन्त्री यादवले भने ।
संघीय सरकारमा जुन सुकै पाटीको सरकार भएपनि मधेसप्रति बिभेद गरेकै छ उनले भने । के.पि.ओलिको सरकार पनि देखियो ,शेर बहादुर देउवाको सरकार पनि देखियो र प्रचण्डको सरकार पनि देखियो ।
सबैले मधेसलाई मुखले माया गरेको भए पनि ब्यवहारले सधै बिभेद गरेको उनको तर्क थियो ।

