बारामा एक हजार पाँच सय जनाको टोकन प्रणाली मध्यमबाट आवेदन बुधबार सम्म ८० जनाले लिए जन्मको आधारमा बंशज नागरिकता

संदिप प्रसाद यादव
1.6k पाठक संख्या

जिल्ला प्रशासन कार्यालय बारामा बुधबार सम्म मात्रै ८० जनाले लिए जन्मको आधारमा बंशज नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को कार्यन्वयनको क्रममा जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानमध्ये ८० जनाले बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार बारामा एक हजार पाँच सय जनाले टोकन प्रणाली मध्यमबाट आवेदन दिएका थिए । तर त्यसमध्ये ८० जनाले बुधबार सम्म नागरिकता प्राप्त गरेका छन् ।

अनुचित लनदेन (मिटरब्याज) सम्बन्धि उजुरीको छानबिन,रास्ट्रिय परिचय पत्र ,राहदानी,नागरिकताको प्रतिलिपी लिन आउनेहरु लाई दुई दुई दिनको टोकन दिने गरेका छौँ र नेपाली नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को कार्यन्वयनको क्रममा जन्मको आधारमा बंशज नागरिकता वितरणमा जनशक्तिको कमी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् ।

आइतवार देखि नयाँ विद्येयक अनुरुप नागरिकता वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बारामा नागरिकता बिहिनहरुको भिड बढेको छ । नागरिकता लिनेहरुको भिड बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले अनलाईन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

नागरिकता प्राप्तिका लागि अनलाईन मार्फत आवेदन दिएर तपशिल उल्लेख मितिमा भएका कागजात सहित जिल्ला प्रशासन कार्यालय बारामा सनाखतमा बस्ने व्यक्ति (बाबु र आमा) सहित नागरिकता प्राप्तिका लागि पेश गर्नु पर्ने आवश्यक कागजातहरु बाबू र आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि (हजुर बुबाको समेत नागरिकताको प्रतिलिपि उपलब्ध भएमा),जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,बुबा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्ति बीच फोटो सहितको नाता प्रमाणित,बाबु र आमाको मतदाता परिचय पत्र, स्थानीय तहबाट स्थायी बसोबास प्रमाणित/ किटानी सिफारिसको प्रतिलिपि,पारिवारिक विवरण (नेपालमा कहिले देखि बसोबास गरेको तथा हाल के पेशमा संलग्न रहेको खुलेको कागजात ,बुवा र आमा बिच विवाहदर्ता/विवाह प्रमाणित प्रतिलिपि,बुवा र आमाको मृत्यु भएको भए मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपि ,बुवा र आमा वा सन्तानको नामको जग्गाधनी प्रमाण पुर्जा,मोहियानी हकको प्रमाण पत्र भए सो प्रमा,शैक्षिक प्रमाणपत्र (एस.ई.ई वा सो भन्दा माथि) को प्रतिलिपि,विद्युत/खानेपानी/टेलिफोनको विल लगायत अन्य कागजात,घरधुरी प्रमाण पुर्जा तथा नक्सा पास र स्वीकृतीको प्रतिलिपि,कम्तीमा २ जना वडा सदस्य सहित छिमेकीहरु गरी ५ जनाको वडा मुचुल्का र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा लगायतको कागजात भए वार्ड अध्यक्षहरुलाइ सिफारिस गर्न प्रमुख जिल्ला अधिकारी सापकोटाले आग्रह गरेका छन् ।

उनका अनुसार सेवाग्राहीहरुलाई कार्यालयमै आएर लाईन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् र सास्ती तथा हैरानी खेप्न नपरोस् भन्नका लागि सेवा सुरु गरिएको हो । अनलाईनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भए बमोजिमको दिनमा आएर सेवा लिन सक्ने प्रमुख जिल्ला अधिकारी सापकोटाले बताएका छन् ।

Leave a review

This will close in 0 seconds