नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले निजगढ स्थित लालबकैया नदीले कटान गरेको क्षेत्रमा सोमवार निरीक्षण गर्नु भएको छ ।
लालबकैया नदीको बाढीका कारण महेन्द्र राजमार्गमा रहेको पक्की पुल नजिकको ड्याममा क्षति पुर्याएपछि निजगढ वडा नम्बर ८ र ९ संगै राजमार्ग र पक्कि पुल उच्च जोखिममा परेकोछ ।
सहमहामन्त्री चौधरीले क्षतिग्रस्त ड्यामको अवलोकन गर्नुहुदै ड्याम निर्माणका लागि शिघ्र पहल गर्ने बताउनुभयो । बिगतमा आफ्नै नेतृत्वमा बकैया नदीको तटवन्धन निर्माण गरि निजगढलाई बाढीको जोखिमबाट जोगाएको बताउनुहुदै सहमहामन्त्री चौधरीले क्षतिग्रस्त ड्याम निर्माणका लागि पहल गर्ने जनाउनु भएको छ ।
अनुगमनमा पार्टीकी मधेश प्रदेश सभा सदस्य माला लामा,निजगढका पुर्व मेयर सुरेश कुमार खनाल,नेपाली कांग्रेसका नेता रमेश दंगाल लगायतको सहभागीता रहेको थियो ।


