Sajhedari Daily
Latest News from Nepal

आमाको १३ औँ दिनको पुण्य तिथीमा यादव परिवारद्धारा श्रद्धाञ्जली सभा

महागढीमाई नगरपालिका–९ बलुवामा निवासी हनुमान प्रसाद यादवको आयोजनामा बुधवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । हनुमान प्रसाद यादवको आमन्त्रित यादवको ममतामई आमा स्वर्गिय सीता देवी यादवको १३ औँ दिनको पुण्य तिथीमा शोक सभा सम्पन्न भएको छ ।

यादवको ममतामई आमा सीता देवी यादवको ६९ वर्षको उमेरमा २०७७ पुस १७ शुक्रवार स्वर्गवास हुनुभएको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका युवा नेता राजेश रौनियारले स्वर्गिय यादवको निधनले यादव परिवारलाई अतुल्नीय क्षती पुगेको बताउनु भयो ।

श्रद्धाञ्जली सभामा विभिन्न दलका नेता,नगरिक समाज,बुद्धिजिवी,भरभलादमी तथा समाजसेवीहरुले श्रद्धाञ्जली अर्पण गरेका थियो । हनुमान प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली सभा कार्यक्रममा परिवारको तर्फबाट यादवले धन्यावद गर्नुभएको थियो ।